गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम
पाेखरा | पुस १२, २०८१
पोखरा: गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत पोखराबाट सिक्लेस–कपुचे–क्होलासोँथर–कर्पुडाँडा–याङ्जाकोटहुँदै पुनः पोखरा जोडिने पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।
सङ्घको आयोजनामा यही पुस ६ गतेदेखि सुरु गरिएको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड, मादी गाउँपालिका, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले सहयोग रहेको कार्यक्रम संयोजक एवं सङ्घका संस्थापक अध्यक्ष बोबरजङग गुरुङले जानकारी दिनुभयो ।
पर्यटन व्यवसायी, पथपर्दशक, सञ्चारकर्मीसहित ४५ सदस्यीय टोलीले प्रवर्द्धन कार्यक्रम अन्तर्गत सिक्लेसबाट पदयात्रा सुरु गरी कपुचे हिमताल, कोरी, क्होलासोँथर, कर्पुुडाँडा हुुँदै याङ्जाकोटसम्म यात्रा गरेको उहाँले जानकारी दिनुुभयो । सडक सञ्जाल विस्तारसँगै पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा गुरुङ सम्पदा पदमार्ग महत्त्वपूर्ण विकल्प बन्न सक्ने उहाँले बताउनुभयो ।
“पदयात्रामार्गका विभिन्न ठाउँमा पूर्वाधार व्यवस्थित गर्नुुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “पदमार्गका ठाउँठाउँमा होटेललगायतका पूर्वाधार विकास आवश्यक छ भने सञ्चार सुविधा, खानेपानी लगायतको व्यवस्थापन अपरिहार्य छ ।”
पदमार्गमा खोला, मनोरम पोखरी, ठूलाठूला खर्क, तालसँगै आकर्षक पाटनहरु भेटिन्छ । साथै अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खला नजिकैबाट अवलोकन गर्न सकिने उहाँले बताउनुभयो ।
प्राचीनकालमा गाईभैँसी तथा भेडा चराउने खर्क तथा गोठलाई जोड्ने मार्गलाई पदमार्गका रुपमा विकास गर्न सकिने संस्थापक अध्यक्ष गुरुङको सुझाव छ ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

